फ्रन्टलाइनरलाई धन्यवाद


कोरोना संक्रमितलाई समाजले अपहेलना गरिरहेको अवस्थामा लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारील फ्रन्टलाइनमा काम गर्ने चिकित्सकदेखि त्यहाँ खटिने स्काउटका स्वयंसेवकलाई समेत गीतमार्फत धन्यवाद दिएका छन्।
धन्यवाद बोलकै यो गीतमा गायक पोखरेलकै शब्द र संगीत रहेको छ। जेभियस इन्टरनेसनल स्कुलमा कक्षा ७ मा पढ्ने भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन्। करिब आधा दर्जन गीत गाइसकेका भण्डारी स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीको छोरा हुन्। १२ वर्षीय प्रारम्भले यसअघि समाजसेवामा समर्पित गीतमा स्वर दिइसकेका छन्। गीतको म्युजिक भिडियो एलिन श्रेष्ठले निर्देशन गरेका हुन्। उत्तम हुमागाईं र अंशु बस्नेतले छायांकन गरेको भिडियोमा सम्पादन लोकेश बज्राचार्यको रहेको छ।