राजेशपायललाई खै के भयो


लोकप्रिय गायक राजेश पायल राईको स्वरमा खै के भयो बोलको गीत सार्वजनिक भएको छ। रमेश मगरको शब्द र संगीतमा तयार भएको गीत सन्तोष डुमी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतीतका ती तीता पललगायतका गीतमा शब्द संगीत दिइसकेका छन्। सार्वजनिक गीत राजु कार्कीले संगीत संयोजन गरेका छन्। गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ।

प्रयांकस्टार एलिश राई, नग्मा श्रेष्ठ र निनाहाङ राई अभिनित गीतको भिडियो धन खालिङ र श्री थापाले खिचेका छन् भने धन खालिङले नै सम्पादन गरेका छन्।

आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको गीतको म्युजिक भिडियो किशन भुसालले कोरियोग्राफी गरेका छन्। जसकेको क्रियसनको प्रडक्सनमा तयार भएको भिडियोलाई गायक तथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेका छन्।