पूर्व बेलायती राजदूतको शव भेटियो

0
Shares

लन्डन । नेपालकालागि पूर्व बेलायती राजदूत रिर्चाड मोरिसको शव चार महिना पछि फेला परेको छ ।
गत मे ६ मा आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा मर्निङवाककालागि निस्किएका मोरिस एकाएक बेपत्ता भएका थिए।
मोरिसको शव उनको घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको लन्डन प्रहरीले जानकारी दिएको छ। मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए।