आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, ५८८ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

आज थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २१ हजार ४१० उपचारपछि निको भएको गौतमले बताए । हाल देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्।