उपत्यकामा निषेधाज्ञा थप्ने कि नथप्ने ? कसैले उत्तर दिन सकेनन

0
Shares

काठमाडौ । काठमाडौ उपत्यकमा जारी निषेधाज्ञा थप गर्ने की नगर्ने भन्ने बिषय अन्योलमा परेको छ । काठमाडौ उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सम्म निषेधाज्ञा लागू गरेको भएपनि अव के गर्ने भन्ने बिषयमा स्थानीय प्रशासन अन्योलमा परेको छ ।
निषेधाज्ञा थप गर्ने बिषयमा सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल अहिले आइसोलेसनमा बसेको कारण लक डाउन थप गर्ने कि नगर्ने भन्ने बिषयमा स्थानीय प्रशासन अन्योलमा परेको बताइएको छ ।
स्थानीय प्रशासनलाई सरकारले निषेधाज्ञा थप गर्ने अधिकार प्रदान गरेको भएपनि सीसीएससीका संयोजक रहनु भएका उपप्रधान मन्त्री पोखरेलसंग बैठक हुन नसकेपछि अन्यौलता उत्पन्न भएको एक उच्च सरकारी अधिकारीले जानकारी दिए ।