एक बर्षमा सशस्त्र प्रहरीका ७ सय ३६ जना कारवाहीमा परे

0
Shares

काठमाडौ । सशस्त्र प्रहरी बलका सात सय बढी कर्मचारी एक बर्षको बीचमा कारबाहीमा परेका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक देखि सशस्त्र प्रहरी परिचर सम्ममा गरि ७ सय ३६ जना कर्मचारी विभिन्न प्रकारका बिभागिय कारबाहीमा परेको सशस्त्र प्रहरी बल, नेपाल मुख्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी उपरीक्षक एक , नायब उपरीक्षक ६ र निरीक्षक १३ गरी २० जना सिनियर अधिकृत छन् भने जुनियर अधिकृत ३२ र बिल्लादार , जवान तथा परिचर गरि ६ सय ८० जना रहेका छन् ।
नसिहत देखि सेबा बाट बर्खास्त सम्मको कारबाहीमा ती कर्मचारी परेका छन् । यस बीचमा १ सय ३३ जना लाइ सेबा बाट बर्खास्त गरिएको मुख्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल शुन्य सहनशिलतामा निर्मम बन्दै गए पछि ती कर्मचारी कारबाहिमा परेको मुख्यालयका एक बरिष्ट अधिकृतले बताए ।
अनुशासन उलंघन गर्ने र संगठनले लिएको लैंगिक हिंसा र भ्रष्टाचार शुन्य सहनशीलता बिपरित कार्य गर्ने जो कोहि पनि कारबाहिमा पर्ने बताउंदै ती अधिकृत भन्छन् – यसमा सशस्त्र प्रहरी महानिरीक्षकको स्पष्ट आदेश छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले पनि मुख्यालय देखि मातहतलाइ दिने निर्देशनका क्रममा पनि शुन्य सहनशिलताको कुरा पटक पटक सम्झाउने गरेका छन् ।