अब एटीएम शुल्क नलाग्ने


काठमाडौं, (नेस)
अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएमबाट भुक्तानी लिख्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका २०७७ जारी गर्दै सो व्यवस्था गरेको हो ।
यसअघि लकडाउनको समयमा अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क नलिए पनि लकडाउन खुलेसख्गै बैंकले शुल्क लिने गरेका थिए । तर, निर्देशिका आएसख्गै स्थायीरूपमा एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कुनै शुल्क लिन नपाइने व्यवस्था भएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले एउटै प्रकारको एकभन्दा बढी जारी गर्न पाउने छैनन् भने कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्नेछ । साथै एकटपटकमा २५ हजार र दैनिक एक लाख रुपियाख् निकाल्न मिल्ने सुविधा भने यथावत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।