नेता वामदेव गौतमको बुद्ध भूमि सार्वजनिक


नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले गीतकारको परिचय पनि बनाएका छन्। उनै गीतका वामदेव गौतमको रचनामा यो बुद्ध भूमिको बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्तिको भावना समेटिएको छ। गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिका बारेमा वर्णन गरिएको छ। गौतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेन्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतका प्रस्तुतकर्ता हरीशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतले स्वर भरेका छन्। दीर्घ गुरुङले खिचेको गीतको म्युजिक भिडियो जीवन थापाले सम्पादन गरेका छन्।
यसै क्रममा गौतमका ४३ गीतहरूलाई एकत्रित गरी गीतिसंग्रह पनि प्रकाशनमा ल्याइएको छ । जसमा सार्वजनिक भएका गीतका साथमा प्रकाशनमा आउन बाँकी गीतहरू समावेश गरिएको छ। प्रायः गीत राष्ट्रिय भावले भरिएका छन्। यससँगै कला संस्कृति, सामाजिक र आर्थिक उन्नतिका गीत पनि छन्। राजतन्त्रको अन्त्य र लोकतन्त्रको शुरुआतमा राष्ट्रगानको विकल्प खोजी गरिएका बेला गौतमले पनि आफ्नो रचना पठाएका थिए। प्राण प्यारो देश नेपाल बोलको उनको गीत साहित्यकार मोदनाथ प्रश्रितको निर्णायक समितिले छनोट भने गरेन। त्यसै बेलादेखि आप्mनो गीतियात्रा शुरू भएको गौतमले बताए। विद्यालयस्तरदेखि नै गीत–संगीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तराद्र्धमा आप्mनो चाहना पूरा भएको बताएका छन्। उनले सानै बेलादेखिको रुचिलाई अहिले राजनीतिसँगै अघि बढाइरहेको बताए।
‘छन्द कविता र गीति लेखन यी दुई विषय मेरो जीवनको प्रारम्भकालीन रुचिका थिए। विद्यालय जीवनदेखि नै कविताप्रति मेरो विशेष रुचि र प्रयास रहँदै आयो। विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो। जनआन्दोलन २०६२÷०६३ पछि हामीले राजतन्त्रसँगै सामन्तवादी सत्ता र संस्कृतिमाथि विजय हासिल ग¥यौं। वर्षौंदेखि पुरानो सत्ता, विशेष गरी राजा–महाराजाको स्मृतिमा आधारित भाका र भाषामा आधारित राष्ट्रिय गान चलन चल्तीमा थियो। नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिस्पर्धाका लागि आह्वान भएपछि मभित्र रहेको काव्य चेत वा गीति चेत प्रस्फुटन गर्ने मौका मिल्यो। मैले प्राण प्यारो देश नेपाल शीर्षकमा गीत लेखेर पठाएँ’, गौतमले भनेका छन्– ‘उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन। तर, त्यही गीत मेरो गीति यात्राको प्रारम्भ बन्न पुग्यो।’