पल र पूजाको पहिलोपल्ट भेट हुँदा


नेपाली रजतपटका चर्चित जोडी पल शाह र पूजा शर्मा धेरै समयको अन्तरालपछि फेरि एउटै फ्रेममा देखिएका छन्।
चक्लेटी हिरो पल र रामोन्टिक हिरोइन पूजा शर्मा एउटा गीतको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन्। दर्शकबाट रुचाइएको यो सरोज ओली र रचना रिमालद्वारा गाइएको युगल गीत पहिलोपल्ट भेट हुँदामा एकसाथ देखिएका हुन्। यो गीत हालै म्युजिक भिडियोसहित गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। हायत रिजेन्सी होटलका मनोरम दृश्यमा खिचिएको भिडियोमा पल र पूजाले अनस्क्रिन रोमान्स गरेका छन्। गीतमा शब्द रचना दिनेश थपलिया, संगीत अर्जुन पोखरेल र संगीत संयोजन रिकेश गुरुङको रहेको छ।
भिडियोमा छायांकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।
लकडाउन शुरु भएदेखि शुभ भिडिया प्रालिले प्रकाशनमा ल्याएको आधा दर्जन गीत नै दशक स्रोताले रुचाउँदै आएका छन्। गत बिहीबार अपलोड गरिएको भिडियो ट्रेन्डिङको ७ नम्बरमा पुगेको छ भने ६ लाख बढीले हेरिसकेका छन्।