रचनाको त्यस्तो माया


नेपाल आइडलको तेस्रो संस्करणसँगै चर्चामा आएकी गायिका रचना रिमाल गीत–संगीतमा अहिले निकै व्यस्त छिन्। आइडलमा जोडिएपछि उनको स्वरमा दर्जनौं गीत रेकर्ड भएका छन्।
रचनाका धेरै गीतको सूचीमा पृथक छ त्यस्तो माया गर्छु तिमीलाई। बाबु आचार्यको शब्द र मुस्कान बलम्पाकीको संगीतमा रहेको यो गीत निकै कर्णप्रीय छ। विष्णु अधिकारीले संगीत संयोजन गरेको यो गीत हालै डाइनामिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। रचनाको स्वर यसअघि भुवन अधिकारीको स्वरमा रहेको यस्तो माया गर्छु तिमीलाई गीतको रिप्लाई भर्सन हो। प्रकाश स्पर्सको शब्दमा रहेको सो गीत गत भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक भएको थियो। रचनाको स्वर रहेको रिप्लाई भर्सनको म्युजिक भिडियो चाडै सार्र्वजजिक गरिने गीतकार बाबु आचार्यले बताए।