आज मात्रै १४ कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या २ सय २१ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन् ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट आज मात्रै ४ महिला र १० पुरुषको मृत्यु भएको जनाएका छन् । मृतक सुनसरी, बारा, महोत्तरी र काठमाडौँका क्रमश ७४, ४७, ६२ र ७२ वर्षीया महिला रहेका छन् ।

यस्तै, सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय दुई पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय दुई पुरुष र रौतहटका ३० वर्षीय पुरुषको मृत्यु भएको गौतमले जनाए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।