स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु , दुई घाइते

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

स्याङजाको वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाईते भएका छन् । ६ बर्षको छोरा काठमाण्डौमै छाडेर गर्भवती रहेकी श्रीमतिलाई एम्वुलेन्सको साहारा लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैहे (कृष्ण) आफ्नी श्रीमतिको गर्भमा भएको सन्तानको मुख समेत हेर्न नपाई देहावसान हुन पुगे ।

विश्वभर फैलिएको कोरोना संक्रमणले काठमाण्डौमा भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने सल्लाह बमोजिम उनले गर्भवती श्रीमतिलाई लिएर एम्वुलेन्सको सहयोगमा घर आउदै गर्दा दुर्घट्नामा परे । वालिङ ५ मझकोटमा आईतवार विहान बा २ झ ४०११ नम्वरको एम्वुलेन्स दुर्घट्ना हुदा गैह्रे सहित दुई जनाको निधन भएको छ भने दुई जना घाईते भएका छन् । शनिवार विरामी लिएर काठमाण्डौ गएको एम्वुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घट्नामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्वुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी पवित्रा पोख्रेल घाईते भएका छन् । उनीहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान त गुमाईन नै आफ्नो पेटमा रहेको बच्चालाई समेत जिउदै जन्माउन नसक्ने भएकी छन् ।

चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाका अनुसार घाईते पवित्राको पेटमा भएको बच्चा दुर्घट्नाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको बताउनुभयो । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । पहिरोले साघुरो सडक र लामो दुरीको यात्रा हुदा दुर्घट्ना भएको अनुमान प्रहरीको छ ।

विश्वभर कोरोना संक्रमणले सताएको बेला नेपाल पनि संक्रमणबाट थलिएको छ । यस्तो कठिन परिस्थितीमा अत्यावश्यक बिरामकिा लागि सहयोग गर्दै आएको एम्वुलेन्स दुर्घट्ना भएको खबरले दुखीत तुल्याएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयो । घाईते र मृतकका परिवारमा धैर्यधारण गर्न समेत नगर प्रमुख गिरीले आग्रह गर्नुभएको छ । एम्वुलेन्स ग्रामिण सडकबाट झण्डै २५० मिटर तल झरेको प्रहरीले जनाएको छ । सडकमा पहिरो गएको र साघुरो भएका कारण दुर्घट्ना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा अनुसन्धान जारी भएको प्रहरीले जनाएको छ । हाल आएर राजमार्गमा भन्दा ग्रामिण सडकमा दुर्घट्ना बढी हुन थालेको ट्राफिक प्रहरीको भनाई छ ।