लुम्बिनी प्रादेशिक अस्पतालमा ६७ वर्षीय कोरोना संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान ४३५ बजे अस्पताल भर्ना भएका उनको आज मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । मृतक मुटु , मधुमेह र प्रेसरको बिरामी समेत रहेको चिकित्सकले जनाएका छन् ।