कालिकोटको नाग्ममा पहिरो : एकको मृत्यु, १० बेपत्ता

0
Shares

कालीबहादुर मल्ल, कालिकोट ।

यहाँ जिल्लाको तिलागुफा नगरपालिका –१ पर्ने नाग्म बजारमा पहिरोमा चारवटा घर पुरिदा एकजनाको मृत्यु दुइजना घाइते भएका छन् ।

आइतबार बिहान आएको पहिरोमा घर पुरीदा घरभित्र रहेका एक जनाको मृत्यु दुइजनालाई घाइते अवस्थामा उद्धारा गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले वताउनु भएको हो ।

पहिरोमा परि १० जनासम्म पुरिएको हुनसक्ने भएपनि मानवीय क्षेतिका वारेमा यकिन हनु नसकेको कालिकोटका प्रहरी प्रमुख श्यावाबु ओलियाले बताउनु भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा जानकारी हुनासाथ प्रहरी इन्सपेक्टर यक्षराज जोशिको नेतृत्वमा उद्धार टोलि खटाइएको डिएसपी ओलियाले जानकारी गराउनु भएको छ ।

सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधा नभएकाले समयमा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीय महयाराम महताराले बताउनु भयो ।

कर्णाली राजमार्गकै किनारका घरहरुमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाइ जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीय महताराले बताउनुभयो ।

भिरालो जमिनमा रहेको बस्तीका घरहरूको सिरानमा जथाभावी पानी छोडेकाले पहिरो गएको स्थानीयले बताएका छन् ।