होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर  ।

भक्तपुरमा पहिलो पटक होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।

मृतक पुरुष बिहीबार पीसीआर परीक्षण गरेर शुक्रबार संक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आएका भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभयो ।

होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको गए राति मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाटग्रस्त संक्रमितको मृत्यु पछि मृतकका परिवारका सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भएको खत्रीले जानकारी दिनुभयो ।

सेनाले शव ब्यवस्थापनको तयारी गरिरहेको उहाँले बताउनुभयो ।