खिजीदेम्बा गाँउपालिकाले ७३ जनाको स्वाब परिक्षणका लागी टेकु पठायो


लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाले ईलाका प्रहरी कार्यलय खिजीफलाटे, गाँउपालिकाका कर्मचारी र स्थानिय गरि ७३ जनाको स्वाब परिक्षणका लागी केन्द्धिय प्रयोगशाला टेकुमा पठाईएको गाँउपालिका स्वास्थ्यशाखा प्रमुख ईन्द्ध प्रसाद गौतमले बताए ।

परिक्षणका लागी ११ जना नेपाल प्रहरी, ४ जना गाँउपालिकाका कर्मचारी र ५८ जना स्थानियहरुको स्वाब पठाएको गाँउपालिकाले जनाएको छ ।

कोरोना नियन्त्रणमा उच्च सर्तकता अपनाउदै गाँउपालिकाले भिडभाडमा रहेर काम गर्ने, वडा र पालिका नजिकैरहेका पसलका ब्यपारीहरुको स्वाब परिक्षणका लागी पठाईएको हो ।

यसै गरि खिजीदेम्बा गाँपालिकामा आवत गर्ने ब्यत्तिले दोहारो अनुमति लिनु पर्ने र पालिका भरि रहेका पसलहरु बिहान ७ बजेदेखि ११ बजे सम्म मात्र खोल्ने प्राबधान यथावत राखेको खिजीदेम्बा गाँउपालिकाले जनाएको छ ।