सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि


काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँ थियो । यस्तै शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपियाँमा काराेकार भएको थियाे ।  आज तेजावी सुनकाे मूल्य ९६ हजार ७ सय रूपियाँमा काराेकार भइरहेकाे छ ।

शुक्रबार  चाँदीको  मुल्य १ हजार ३ सय ४० मा काराेबार भएकाे थियाे भने  अाज चाँदीकाे मूल्य १ हजार ३ सय ४० रूपियाँमा काराेबार भइरहेकाे छ ।