डा. केसीमाथिको दमन रोक्न माग


काठमाडौं, (नेस)
नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ ।

संघले आफ्ना आजीवन सदस्य डा. गोविन्द केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको जनाएको छ । केसी साउन ११ गतेदेखि जुम्लामा हुनुहुन्छ ।