जनकपुर । महोत्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
शनिबार मृत्यु भएका दुई पुरुषमा कोरोना परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको कोभिड १९ विषेश अस्पताल जनकपुरका प्रमुख डा. जामुनप्रसाद सिंहले जानकारी दिए।
महोत्तरीको भंगहा नगरपालिका वडा नं १ का ३५ वर्षीय पुरुष र पीपरा गाउँपालिका वडा नंं ७ का ७० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ।











प्रतिक्रिया