चेक बाउन्स मुद्धामा मनोज भण्डारी प्रहरीको मोस्ट वान्टेड सूचीमा

188
Shares

काठमाडौ । चेक बाउन्सको मुद्धामा प्रहरीको तीव्र खोजीको सूचीमा परेका मनोज भण्डारी फरार भएका छन । उनको खोजीकालागि प्रहरीले देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
बिभिन्न ब्यक्तिलाई कैलाली धनगढीका भण्डारीले प्रलोभन देखाउने तर नगद लिएर चेक दिदैं ठगी गर्दै आएका थिए । ८ महिनादेखि फरार रहेका भण्डारीलाई पक्राउ गर्न प्रहरीले टोली नै परिचालन गरेको छ ।
त्यस्तै चेक बाउन्सको मुद्धामा ८ महिना देखि भाग्दै आएका भक्तपुर सुर्यबिनायकका बालकृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
बिभिन्न ब्यक्तिलाई अनेकन प्रलोभन देखाई रकम लिने र पैसा माग्न जांदा उल्टै धम्की दिने गरेको पीडितहरुले बताएका छन । हाल प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका घिमिरेले पीडितहरुलाई हिरासत कक्षबाट नै धम्की दिने गरेको पीडितहरुले बताएका छन ।
दर्जनौ ब्यक्तिबाट रकम लिरए फरार भएका उनीहरुलाई अहिले पनि हिमालयन डेकोर प्रालिले संरक्षण गर्ने गरेको गुनासो पीडितहरुले गर्ने गरेका छन ।