न्युज अफ नेपाल, काठमाडौं ।
सुन्धारास्थित केन्द्रीय कारागारका कैदीबन्दीमा ज्वरो र रुघाखोकी देखिएको छ ।
कारागारका डेढ सयभन्दा बढी कैदीबन्दीमा ज्वरो र रुघाखोकी देखिएपछि ५० जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको छ । यसअघि बाहिरबाट सरुवा भएर आएका २ कैदीमा कोरोना देखिएको थियो । संक्रमित उनीहरुलाई कारागारभित्रै बनाइएको क्वारेन्टाइन राखिएको छ ।
परीक्षणका लागि ५० जना थुनुवा र कैदी तथा ३० सुरक्षाकर्मीको स्वाब संकलन गरिएको कारागारले जनाएको छ । कारागारको एउटै कोठामा २० जनासम्मलाई राख्ने गरिएको छ ।











प्रतिक्रिया