उत्तर कोरियाले बनाएका परमाणु बम भन्दा शक्तिशाली टनेल


प्योंगयांग (एजेन्सी) ।

उत्तर कोरियामा तेस्रो विश्व युद्धको स्थितिमा प्रयोग गर्न बनाइएको एक टनेल नेटवर्क रहेको वरिष्ठ नेताले खुलासा गरेको छ । ती टनेल १० परमाणु बम भन्दा धेरै शक्तिशाली रहेको उनले बताए ।

यसै हप्ता किम जोंग उनले वर्कर्स पार्टीको एक बैठकमा प्रशासनलाई कोरोना भाइरसको महामारी र सम्भावित सामुद्रिक आँधीका कारण देशमा उत्पन्न हुने खतराका लागि तयार रहन निर्देशन दिएको थियो ।

करिब ५० बर्ष अघि भियतनाम युद्ध समाप्त भएपछि कोरियन डिमिलिटराज्ड जोनको कोरोंगपो री नजिकै तैनाथ दक्षिण कोरियाका सैनिकले जमिन कम्पन देखेका थिए । डीएमएजेडको १ सय ६० माइलको इलाकामा सैनिकले विस्फोट सनुेका थिए र उत्तर कोरिया तर्फ खन्ने उपकरणहरुको आवाज सुनिएको थियो ।

संयुक्त राष्ट्र कमान्डले अमेरिकाका वेली कमान्डर रोबर्ट एम बालिंगर र मरिन मेजर एन्थनी नास्त्रीलाई टनेल निरिक्षणका लागि पठाएको थियो । प्रोटोकल अनुसार उनी बिना हतियार कोरियाका नौसैनिक मेजर किम हाह चुलसँग गएका थिए । लफ्टिनेन्ट कर्नेल माइकल वाइकनले थमर मरेको किताब ‘२० औ सताब्दीमा जासुसी र अमेरिका‘ को स्मरण गर्दै खाल्डा भएका ठाउँमा विस्फोट भएको बताए । विस्फोट कसरी भयो थाहा पाउन नसकेको उनी बताउँछन् ।

तर पछि निरिक्षणका क्रममा ‘फस्र्ट टनेल अफ एग्रेसन ‘ अगाडी देखा पर्यो जसमा कंक्रिटका पर्खार, इलेक्ट्रिक लाइट, हतियार स्टोर गर्ने र सुत्नका लागि स्थान बनाइएको थियो । यो टनेल दुई माइल लामो थियो । जसको एक तिहाइ हिस्सा दक्षिण कोरिया तर्फ थियो र यसमा एक घन्टामा दुई हजार सैनिक घुम्न सक्थे । यहाँ गाडा सँगै रेल मार्ग पनि विछ्याइएको थियो ।

दक्षिण कोरिायको रक्षा श्वेतपत्रमा उत्तर कोरियाका पुर्व नेता किम इल सुंगले सन् २०१७१ सेप्टेम्बर २५ मा ती टनेल बनाउन आदेश दिएको उल्लेख छ ।

किम इल सुंले एउटा टनेल १० परमाणु बम बराबरको शक्तिशाली भएको र दक्षिण कोरियामा प्रवेश गर्ने सबैभन्दा राम्रो तरिका भएको दावी गरेका थिए ।

केही समय भित्रै यस प्रकारका चार टनेल खोजियो । अझै पनि अन्य क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ । देक्षिण कोरियाको श्वेतपत्रमा सन् १९९० मा जमिनको कयौ मिटर भित्र दुई मिटर फराकिलो टनेल खोज्नु करिब असम्भव जस्तै भएको दावी गरिएको छ । सार्थ कम्तिमा १६ देखि २० टनेल हुन सक्ने बताइएको छ । यद्यपी दक्षिण कोरियासँग पारम्परिक युद्धको क्षमता धेरै भएको त्यसैले उत्तर कोरिया घुसपैठको सट्टा क्षेप्यास्त्र तथा परमाणु हतियारको विकल्पमा गएको बताइएको छ ।