लायन्स क्लब अफ मणिग्रामद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको लायन्स क्लब अफ मणिग्रामले पत्रकारहरुलाई सुरक्षा सामाग्री (मेडिकल मास्क र सेनिटाईजर) बितरण गरेको छ ।

क्लबले शनिबार मणिग्राममा एक कार्यक्रम गरि दुई दर्जन बढी पत्रकारलाई मेडिकल मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।
क्लबका अध्यक्ष सुरज कुमार लम्सालले वार्षिक कार्यक्रम अन्तरगत १६ औ कार्यक्रम चलाईरहेको बताउनु भयो । कोभिड १९ को बिरुद्ध लगातार सचेतना र सुरक्षा सामग्री वितरणको कामलाई निरन्तरता दिएको उहाँले बताउनु भयो ।

एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले सामाजिक क्षेत्रमा काम गर्ने धेरै संस्थामध्ये यो फरक पहिचान बनाएर अघि बढेको धारणा राख्नु भयो ।

कार्यक्रममा क्लबका सचिव चोलाप्रसाद पाठक, कार्यक्रम संयोजक बाबुराम पाठक लायन्सको मर्म अनुसार आफुहरु निरन्तर सामाजिक हितको क्षेत्रमा लाग्ने बताउनु भयो । सोअवसरमा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल पत्रकार कमला पाण्डे लगायतले लायन्स क्लब अफ मणिग्रामले सामाजिक क्षेत्रमा पुराएको योगदानलाई निरन्त्रता दिन आग्रह गर्नु भएको थियो ।