कोरोनाबाट बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८४ वर्षीय वृद्धको मृत्यु

0
Shares

न्युज अफ नेपाल, धरान ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहाको भदैया–६ का ८४ वर्षीय वृद्धको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि भदौ ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभि(१९ अस्पतालमा भर्ना भएका थिए । भदौ ७ गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । मिर्गौलाका रोगी समेत रहेका ती वृद्धले लामो समयदेखि डायलसिस समेत गराउँदै आएका थिए ।

यससँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोसंख्या १६ पुगेको छ । यसअघि शुक्रबार मात्रै प्रतिष्ठानमा ३ जनाको मृत्यु भएको थियो ।