आफ्नै साला अपहरण गरी फिरौती माग्ने भिनाजु पक्राउ

0
Shares

न्युज अफ नेपाल, बाँके ।

आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिरलाई नेपालगन्ज उपमहानगरपालिका -१६ जयसपुरका २७ वर्षका भिनाजु कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए । अपहरणमा परेका बालकको भने तीन दिनपछि सकुशल उद्दार गरिएको छ । खजुरा-५ रजनवा गाउँमा मेला हेर्न गएको बालकलाई कलिमले अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएका थिए ।

सालालाई अपहरण गरेका कलिमले ससुरालीमा फोन गरेर १० लाख रुपैयाँ फिरौती मागेका थिए । घटनाको पत्तो पाए लगत्तै बालकको खाजीमा जुटेको प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । कलिमको साथबाट प्रहरीले अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरेको छ।

ससुराली पक्षले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि सो पैंसाकै लागि कलिमले सालालाइृ अपहरण गरेको अनुसन्धानमा खुलेको छ ।