कविराज नेपाल, पाल्पा ।
कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
लुम्विनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखराको पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उनको उपचार भइरहेको थियो । ज्वरो, रुखाघोकी लागेर उपचारको लागि अस्पताल पुगेकी ति महिलामा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मुटुमा पनि समस्या थियो । कोरोना पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र शुक्रबार साँझ निधन भएको हो ।
यो सँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुइ पुगेको छ । यस अघि पूर्वखोलाका एक युवकको पनि मृत्यु भएको थियो ।











प्रतिक्रिया