पुष्कर बुढाथोकी, भक्तपुर ।
निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका थप एक बिरामीको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट आज मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–३ मंगलाछेका ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले बताउनुभयो ।
बिहीबार दिउँसो उपचारका लागि ल्याइएका पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो । बिरामीको बिहीबार नै स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाएको र आज आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
मृतकमा सङ्क्रमण पुष्टि भएपछि उक्त उपचार कक्ष बन्द गरिएको र मृतकको उपचार भएको उक्त कक्षमा पनि निर्मलीकरण गर्नुका साथै तीन दिन सो कक्ष बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
सुरक्षाकर्मीले मंगलाछेस्थित मृतक बस्ने क्षेत्र सिल गरी परिवारलाई घरमै आइसोलेसनमा राखेको र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको प्रहीले जनाएको ब छ ।
यसअघि मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका लागि ल्याइएका स्थानीय ६२ वर्षीया एक महिलाको गएराती मृत्यु भएको थियो ।
दुवै शवको आजै नेपाली सेनाको वीर दल गण सूर्यविनायकको टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गरेको गणका गणपति कर्नेल शिव पौडेलले बताउनुभयो ।











प्रतिक्रिया