पाल्पामा थप एक हप्ताका लागि निषेधाज्ञा

0
Shares

कविराज नेपाल, पाल्पा ।

कोरोनाको संक्रमणको स्थितिलाई मध्यनजर गर्दै पाल्पामा लागू गरिएको निषेधाज्ञा अर्काे एक हप्ता जारी रहने भएको छ । जिल्ला स्तरीय सीसीएमसीको वैठकपछि पाल्पामा अर्काे एक हप्ता निषेधाज्ञा थपिएको हो ।

जिल्लामा गत भदौ ५ गते राती १२ बजेबाट निषेधाज्ञा जारी थियो जसलाई जिल्लाप्रशासन कार्यालयले एक हप्ता थपेको हो । एक हप्ता लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले वताउनु भयो । उहाद्धारा सुक्रवार जारी आदेशमा जिल्लामा आगामी भदौ १९ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भनिएको छ ।

निषेधाज्ञा अवधीभरका लागि सार्वजनिक तथा निजी सवारी बाहेकका एम्बुलेन्स, शववहान, खाद्य सामाग्री, औषधी, दाना, पानी, दुध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन तथा, झण्डाबहाक र कुटनीतिक नियोगका सवारी सुचारु गर्ने निर्णय गरेको छ ।

सेवा संचालन तर्फ भने, स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी एटिएम काउन्टर, हुलाक बाहेक सबै सरकारी सार्वजनिक बैंक तथा वित्तिय संस्थाका सेवासमेत बन्द रहने छन । यस्तै होटल रेष्टुरेन्ट, ब्युटी पार्लर, शैलुन, जिमखाना पूर्ण रुपमा बन्द रहने छन । खाद्यान्न, फलफूल, तरकारी र दुध डेरी अन्य पसल भने हरेक दिन बिहान ७ देखि ११ बजेसम्म संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।