काठमाडौंका १२५ फोटोपत्रकारको स्वाब संकलन (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्धरहेका र विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर कोभीड९१९ को परिक्षण भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा गरिएको हो ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा आज करिब १२५ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो ।

देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परिक्षण तिव्रपारीएको छ ।

स्वास्थ सेवा विभाग टेकुको सहयोगमा उक्त पिसिआर टेष्ट सम्पर्न भएको हो साथै उक्त टेष्ट गर्नको लागि विषेश पहल गरि दिनुभएकोमा स्वास्थमन्त्री का प्रेश संयोजक माधव तिवारीलाई विषेश धन्यवाद दिन चाहान्छौं । उक्त पिसिआर हाल काठमाडौंमा रहेका फोटोपत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकाले सम्पूर्ण अग्रपङ्तीमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले वताए ।