संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।

केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो बैठकमा पोखरेल र थापा सहभागी थिए । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरु होम आइसोलेसनमा बसेको जनाइएको छ ।

यस्तै, शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक समेत स्थगित गरिएको छ । दुई जना मन्त्री होम आइसोलेसनमा बसेका कारण सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।