ओझेलमा ‘मीनी गोसाइकुण्ड’


सरस्वती न्यौपाने, रसुवा । 

जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ मा पर्ने तिवारी वगरमा गोसाईकुण्ड जान नसक्नेका लागी बनाइएको मिनि गोसाईकुण्ड ले निरन्तरता नपाउदा ओझेलमा परेको छ ।

२०७० साल बैशाख २० गते विश्वमा नै परिचित गोसाईकुण्ड जान जो कोही आउने धार्मिक स्थल सम्म पुग्न नसक्नेहरुका लागी महादेवको मुर्ति स्थापना गरि सानो पोखरी समेत बनाइएको छ । व्यवस्थित रुपमा नै बनाइएपनि त्यसले तिरन्तरता भने पाएन ।

त्यतिखेर प्रमुख जिल्ला अधिकारी श्रिकृष्ण श्रेष्ठको अगुवाइमा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको समन्वयमा निर्माण भएको हो तर उचित प्रचार -प्रसार को अभाव र ठुलो-कुण्ड पुग्न नसकेपनि सानो कुण्डमा नुहाएपनि हुन्छ भने भाव कम मानिस लाई थाहा छ ।
त्यतिखेर पोखरी बनाउने लगाएत सिडीहरु समेत मर्मत सम्भार गरिएता पनि निरन्तरता नदिई ध्यान समेत गएन । शुरुवात भएको हो तर निरन्तर रुपमा अगाडी बढेको छैन ।

जिल्लाको शान र मानको रुपमा रहेको गोसाईकुण्डको फेदमा रहेको मिनि गोसाईकुण्ड यहाँ उच्च रक्तचाप बुढाबुुढी लगाएत बच्चाहरु जो उकालो जान नसक्ने अवस्थामा नुहाउन लाई सानो पोखरीको स्थापना भएको हो । पानी पनि राखिएको थियो तर मि गोसाईकुण्डमा पनि नुहाउन सकिन्छ भन्ने कुरा कमै मानिसहरुलाई थाहा छ । तैपनि यसले निरन्तरता पाउन सकिरहेको छैन ।

स्थानिय सरकार बनेपछि चासो दिनु पर्ने र प्रचार प्रसार हुनपर्ने हो नत गाउँपालिकाको चासो नत वडा कार्यालयको नै रहयो धार्मिक आस्था बोकेको भएर शिव भगवान हिडेको ठाउँ ओझेलमा छ चासो राख्ने कहि कतैबाट भएन ।

चारै तिर पाहाड हरियाली वन जंगल गोसाईकुण्ड लगाएत भैरवकुण्ड भएर बगरे आउने त्रिशुली नदीको संगम स्थल त्यहाँ जो कोही पुग्छन स्वर्गकै अनुभुति गर्दछन सदरमुकाम देखि आधा घण्टाको बाटो भएर पुगिन्छ । प्रकृति प्रेमी जो कोही पनि यस ठाउँमा पुग्ने गर्दछन् ।

ओझेमा परेको मिनिगोसाईकुण्डलाई कसरी प्रचार प्रसारमा ल्याई माथि कुण्ड पुग्न सक्ने आम मानिसहरुको लागी हो भनेर तर बन्न त बन्यो निरन्तरता भने देखिएन पुरै तामझामका साथ २०७० सालमा सम्पन्न गरियो पोखरी बनाइएर बस्नको लागी छाहारी हिडनको लागी सिडी तर विडम्बना कसैको यसलाई निरन्तरता दिनु पर्छ भनेर अगाडी बढेका छैनन त नेपाली सेनाले कसैको सहयोग विना नै आफ्नै श्रमदानबाट मिनि गोसाईकुण्ड देखि नै कुण्ड सम्म रेलिङ लागयत अप्ठ्यारो बाटो मर्मत संभार गरि बस्ने चौतारी बनाएको छ । सेनाले बनाउदै गरेका काम असोजमा सकिन्छ केही हत सम्म नेपाली सेनाबाट सामाजिक भाव झल्कने काम भएको छ । धार्मिक क्षेत्रमा ।