एकैदिन १२ कोरोना संक्रमितको मृत्यु, कहाँ कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणका कारण पछिल्ले २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

यससँगै, कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो समयमा मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरका ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गौतमले जनाएका छन् ।