आज थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १९० संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।

आज थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २० हजार २४२ उपचारपछि निको भएको गौतमले बताए । नेपालमा हालसम्म १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।