कोरोनाबाट चितवनमा आजमात्रै ३ जनाको मृत्यु

s

0
Shares

न्युज अफ नेपाल, चितवन ।

चितवनमा कोरोना संक्रमण्का कारण आज एकै दिन तीन जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत् गोरखा आँबुखैरहनी–१३ का ३८ वर्षीय पुरुषको आज दिउँसो २:३० बजे मृत्यु भएसँगै एकैदिन मृतकको संख्या तीन पुगेको हो । कोरोना संक्रमणको लक्षण देखिएपछि भदौ ६ गतेअस्पताल भर्ना भएका उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, कोरोना संक्रमणबाट चितवनमा आज एकै दिन थप दुई जनाको मृत्यु भएको छ । भरतपुरकै चितवन मेडिकल कलेजमा उपचाररत् वृद्धा र पुष्पाञ्जली अस्पतालमा उपचाररत् एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।