अर्थमन्त्रालय र सीआईसीडसीएबीच चालु विकास परियोजनाका कार्यलाई तिव्रता दिने सहमति

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकाय (सिआइसिडसिए) बीच भएको भिडियो कन्फरेन्स बैठकमा चीनको आर्थिक सहयोगमा काठमाडौंमा चालु रहेका विकास परियोजनाको कार्यान्वयन तथा निर्माण कार्यमा तिव्रता दिनेबारे सहमति भएको छ ।

सो बैठकमा नेपालमा चीनको आर्थिक सहयोगमा रहेका विकास परियोजना र आगामी परियोजनाको तिव्र गतिमा कार्यान्वयन गर्ने सम्बन्धमा दुवै पक्षबाट चाल्नु पर्ने कदमहरुबारे व्यापक छलफल भएको छ । सो बैठकलाई सम्बोेधन गर्ने क्रममा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले दुई देशबिच भइरहेको आपसी सहयोगको अवस्थाबारे प्रकाश पार्नुका साथै चीनको अनुदान तथा छुट सहितको ऋण सहयोगमा संचालित परियोजनाहरु राम्ररी कार्यान्वयन भइरहेको तथा नेपाल सरकार चीनसंगको साझेदारीलाई नयाँ उचाईमा पुर्‍याउन प्रतिवद्ध रहेको बताउनु भएको छ ।

साथै उहाँले निर्धारित समय भित्रै परियोजनाहरुको निर्माण कार्य सहजिकरण गर्न तथा विभिन्न परियोजना कार्यान्वयनसंग सम्बन्धि बिद्यमान विषयहरुको हल गर्र्नका लागि संयुक्त समन्वयको आवश्यक रहेको पनि बताउनु भएको छ ।

प्रेस विज्ञप्ति

नेपालको अर्थ मन्त्रालय चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकाय ( सिआइसिडसिए ) बिच विहिवार भएको भिडियो कन्फरेन्स बैठकमा चीनको आर्थिक सहयोगमा काठमाडौंमा चालु रहेका विकास परियोजनाको कार्यान्वयन तथा निर्माण कार्यमा तिव्रता दिनेबारे सहमति भएको छ । सो बैठकमा नेपालमा चीनको आर्थिक सहयोगमा रहेको विकास परियोजनाहरु र आगामी परियोजनाको तिव्र गतिमा कार्यान्वयन गर्ने सम्बन्धमा दुवै पक्षबाट चाल्नु पर्ने कदमहरुबारे व्यापक छलफल भएको छ ।

सो बैठकलाई सम्वोधन गर्ने क्रममा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना दुई देशबिच भइरहेको आपसी सहयोगहरुके अवस्थाबारे प्रकाश पार्नुका साथै चीनको अनुदान तथा छुट सहितको ऋण सहयोगमा संचालित परियोजनाहरु राम्ररी कार्यान्वयन भइरहेको तथा नेपाल सरकार चीनसंगको साझेदारीलाई नयाँ उचाईमा पु¥याउन प्रतिवद्ध रहेको बताउनु भएको छ । साथै उहाँले निर्धारित समय भित्रै परियोजनाहरुको निर्माण कार्य सहजिकरण गर्न तथा विभिन्न परियोजना कार्यान्वयनसंग सम्बन्धि बिद्यमान विषयहरुको हल गर्र्नका लागि संयुक्त समन्वयको आवश्यक रहेको पनि बताउनु भएको छ ।

सो टिप्पणी प्रति सहमति जनाउँदै सिआइडिसिएका उपाध्यक्ष देंग बोक्विंगले आफ्नो पक्षबाट हाल चालु रेहका परियाजनाहरुसंग सम्बन्धित समस्याहरु समाधानका लागि कदम चालिसकेको नेपाल सरकारले तयारी कार्य पूरा गरिसकेका अन्य महत्वपूर्ण आगामी परियोजनाहरुबारका काम शुरु गर्न पनि प्रतिवद्ध रहेको बताउनुभएको छ ।

साथै उहाँले अरनिको राजमार्ग सुधार र चक्रपथ सुधार परियोजना ( दोश्रो चरण ) संग आवद्ध योजनाहरुमा प्रकाश पार्दै तिनहिरुलाई चाँडै कार्यान्वयन गरिने बताउनु भएको छ । नेपालको पक्षबाट सिआइडिसिएलाई हाल संचालित परियोजनाहरुको विविध विकासबारे जानकारी दिँदै अति महत्वपूर्ण आगामी परियोजनाहरु जस्तै विर–अस्पताल विस्तार परियोजना , कोराला भन्सार प्वाइन्टको समन्वयात्मक सिमा व्यवस्थापन , मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परियोजना , नेपालको उत्तरी क्षेत्रको जीवनस्तर सुधार परियोजना , वेत्रावती – स्याफ्रुवेसी तथा टोखा–छारे सुरुंग एवं चीन– नेपाल सिमावर्ती रेलवे निर्माण संभाव्यता अध्ययन र एक्जिम बैं छुट ऋण परियोजनाको कार्यान्वयन शुरु गर्न चीनबाट यथाशिघ्र कदम चालियोस् भन्ने अनुरोध पनि गरिएको छ । कोभिड १९ साम्य हुनासाथ यि क्षेत्रका काम कार्यानवयन हुने चीनले जनाएको छ ।

नेपालले हालसम्म चीनले कोभिड १९ को सामना गर्न चीनबाट उपलब्ध सहयोगका लागि आार प्रकट गरेको छ भने उपाध्यक्ष बोक्विंगले कोभिड विरुद्ध स.युक्त रुपमा लड्न नेपाल सरकारलाई आगामी दिनहरुमा पनि निरन्तर सहयोग प्रदान हुने बताउनु भएको छ ।