बनेपाको स्पाईनल इन्जुरी अस्पतालमा ६८ जनामा कोरोना संक्रमण, एकै वडामा १ सय ३ संक्रमित

जिल्लामा संक्रमितको संख्या २ सय २२

188
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा एकै दिन २८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । उक्त अस्पतालमा यस अघि ४० जनामा कोरोना पुष्टी भई सकेको छ । अस्पताल भित्र मात्रै संक्रमितको संख्या ६८ पुगेको छ । अस्पतालको सम्पर्कमा रहेका स्थानीयहरु १२ जनामा संक्रमण देखिएको छ ।

बनेपा नगरपालिका १३ भित्र मात्रै शुक्रबार दिउसोसम्म १ सय ३ जनामा कोरोना पु्ष्टी भएको छ । सोहि वडामा पुर्व राज्य मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी लगायतलाई संक्रमण पुष्टी भईसकेको छ । असार २६ गते पहिलो ब्यक्तिमा देखिएको कोरोना उक्त वडाका १ सय ३ जनामा फैलिएको हो । संघीय प्रहरी इकाईमा कार्यरत १९ जना प्रहरीमा पनि सोहि वडामा संक्रमण देखिएको छ । अस्पताल भित्र संक्रमण फैलिएसँग वडा शिल गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । नगरपालिकाले उक्त क्षेत्रमा कडाई गरे पनि समुदायमा फैलिएको संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । बनेपा नगरपालिकामा १ सय २६ जनामा कोरोना देखिएको छ । २ सय २२ जना संक्रमित भएका छन् ।

स्पाईनल इन्जुरी अस्पतालमा भाद्र १० गते १२ जना विरामीमा संक्रमण देखिएको थियो । त्यहि दिन स्थानीयहरु १० जनामा संक्रमण देखिएको थियो । त्यहि भित्र जिल्ला समन्वय समितिका प्रमुखको परिवारका ७ सदस्यमा कोरोना पुष्टी भएको थियो । भाद्र ९ गते साँगा घर भएका एक परिवारका पाँच जना सदस्यहरुमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेनद्रकुमार झाले संक्रमण फैलिएको र नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताउनु भयो । समुदाय र नागरिक समाजको सहयोगमा मात्र संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सचेत रहन डा. झाले आग्रह गर्नु भयो ।

स्पाईनल पछि संक्रमित भएको क्षेत्र धुलिखेल अस्पताल हो । जहाँ ३१ जना स्वास्थ्यकर्मी संक्रमित छन् । प्रहरी २२ जना संक्रमित भएका छन् ।