कोरोना संक्रमणबाट हेटौंडाकी महिलाको मृत्यु

0
Shares

मकवानपुर । कोरोना भाइरस संक्रमणको कारण हेटौंडाकी एक महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।

उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।