चेक बाउन्सपछि फरार रहेका घिमिरे पक्राउ

94
Shares

 

काठमाडौ । चेक बाउन्सको मुद्धामा ८ महिना देखि भाग्दै आएका भक्तपुर सुर्यबिनायकका बालकृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सोही मुद्धामा फरार रहेका कैलाली धनगढीका मनोज भण्डारी फरार रहेका छन ।
बिभिन्न ब्यक्तिलाई अनेकन प्रलोभन देखाई रकम लिने र पैसा माग्न जांदा उल्टै धम्की दिने गरेको पीडितहरुले बताएका छन । हाल प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका घिमिरेले पीडितहरुलाई हिरासत कक्षबाट नै धम्की दिने गरेको पीडितहरुले बताएका छन ।
दर्जनौ ब्यक्तिबाट रकम लिरए फरार भएका उनीहरुलाई अहिले पनि हिमालयन डेकोर प्रालिले संरक्षण गर्ने गरेको गुनासो पीडितहरुले गर्ने गरेका छन ।
हिमालयन डेकोर प्रालिको आडमा उनीहरुले ठगी धन्दा चलाउदै आएको देखिएको छ । हामी अनुसन्धान गर्दैछौ महानगरीय प्रहरी परिसर काठमाडौका एक अधिकृतले जानकारी दिए ।