सरकारले ल्याउन नसकेको रासायनिक मल व्यापारीले ल्याए

0
Shares

सीताराम अधिकारी, धादिङ ।
धादिङमा रासायनिक मलको हाहाकार भएसंगै केही व्यापारीले रासायनिक मल ल्याएर वितरण गरेका छन् । सरकारी रासायनिक मल ल्याउने साल्ट ट्रेडिङ कम्पनी र नेपाल खाद्य सस्थानले ल्याउन नसकेको बेला ब्यापारीहरुले भने मल ल्याएर विक्रि गरेका छन् ।
कोरोना भाइरस (कोभिड १९) को जोखिमको समय भएको बेला भएपनि ठूलो सङ्ख्यामा किसानहरु र व्यापनरी हरु जम्मा भएर मल विक्रि गरेको गजुरीबाट हाम्रा सहकर्मी भुवन भण्डारीले जानकारी दिनुभएको छ । गजुरी, आदमघाट, घाटबेसी, धादिङबेसी आदी क्षेत्रका व्यापारीहरुले १० ओटा सवारी साधनमा ल्याइएका रासायनिक मल विक्रि वितरण गरेका हुन् ।
निषेधाज्ञा लगाइएको बेलामा धेरै मानिसहरु भिडभाड गरेर मल वितरण गरिएको भएपनि अत्यावस्यक किसानहरुसम्म रासायनिक मल नपुगेको किसानहको गुनासो छ । धादिङ जिल्लाका एक सिजनका लागि ३९ मेट्रिकटन रासायनिक मल आलस्यक पर्ने गर्दछ ।