बुटवलमा तिलोत्तमाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


यमलाल भुसाल, बुटवल ।

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पतालमा उपचारत तिलोत्तमा वडा नं ८ को मणिग्राम चार नम्बर का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको राती साढे २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनु भयो । तिलोत्तमाक्षेत्रका २ जना सहित बुटवलमा ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

विहिवार मात्र तिलोत्तमाको जानकी नगरकी ७० वर्षीय महिलाको पनि उपचारको क्रममा मृत्यु भएको थियो ।