नेकपा सचिव शाहीद्धारा जन्मदिनमा फलफूल वितरण


कालीवहादुर मल्ल, कालिकोट ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगेन्द्र शाही नेश्नलले आफ्नो जन्मदिनको अवसरमा विरामिहरुलाई शुक्रबार फलफूल वितरण गर्नु भएको छ ।

नेकपा प्रदेश कमिटि सदस्य एवम युवा नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल कालिकोट पुगेर विरामीहरुलाई फलफूल र फ्रुटी वितरण गुर्न भएको हो ।

आफ्नो जन्मदिनमा खर्चने रकमबाट विभन्न रोग लागेर जिल्ला अस्पतालमा भर्ना भएका विरामीहरुलार्इ अस्पतालको वेडमै पुगेर स्याउ,केरा लगाएतका फलफूल वितरण गरिएको उहाले वताउनु भएको छ ।