ट्यांकर र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते


पुष्कर बुढथोकी, भक्तपुर ।

अरनिको राजमार्गको नलिञ्चोकस्थित बाँसघारीमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जगातीबाट साँगातर्फ जाँदै गरेको ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्यांकर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बर को पानीको जार बोकेको भ्यान एकआपसमा ठोक्किँदा भ्यानका चालक झापाको अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएको हो ।

दुर्घटनामा भ्यानका सहचालक मोरङको अमरदह गाउँपालिका–८ का १५ वर्षीय विवेक राजबवशी गम्भीर घाइते भएका छन् । भ्यानमै सवार काभ्रेपलाञ्चोक साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिनाको छोरा मेडिज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

चालक मगरको सल्लाघारीस्थित डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । ट्यांकर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।