रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु


यमलाल भुसाल, बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रवार विहान सवा ५ वजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ५७०२ नं. को ट्रकले पैदल यात्री सैनामैना नगरपालिका ६ बस्ने बर्ष १६ को बिनोद बि.क. लाई ठक्कर दिदा घाईते भएका थिए ।

घाईते बिकलाई उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यू भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।