कास्कीमा भूकम्प


काठमाडौं, (नेस)
कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दु भएर बिहीबार साँझ ५ बजेर २७ मिनेटमा ३ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महसुस गरिएको थियो । उक्त भूकम्प विसं २०७२ वैशाख १२ को भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।