प्रहरीको गोली लागेर आलमको मृत्युपछि उत्पन्न विवाद यथावत


न्युज अफ नेपाल, भद्रपुर ।

प्रहरीले चलाएको गोली लागेर गाउँपालिका ३ का ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएपछि गाउँवासी आक्रोशित बनेका छन् । वाछो काटेको आरोपमा पक्राउ परेका दुइ जनालाइ प्रहरीले नियन्त्रणमा लिएपछि विवाद भएको थियो ।

विवादले उग्ररुप लिएपछि स्थितिलाई सामान्य बनाउन प्रतिकारमा सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका सोही ठाउँ बस्ने ३८ वर्षीय आलमको मृत्युको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । पिठीयुमा दुई वटा गोली लागेका आलमको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा बुधबार साझ पौन ८ बजे मृत्यु भएको उहाँले बताउँनुभयो ।

घट्नापछि बिना सर्त प्रहरीले रिहा गरेपनि मुस्लिम समुदायले विभिन्न १० बुँदे माग राख्दै कामाटोलीमा बाटो अवरोध गरी टायर बालेर प्रदर्शन गरेका थिए । इलाका प्रहरी कार्यालय कुमरखोदले बाछो काटेको आरोपमा मङ्लबार दिउँसो सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका आलमद्धय छाड्नु पर्छ भन्दै त्यहाँका गाउँवासीले बुधबार साँझ सुरक्षाकर्मीमाथि नै आक्रमण गरेको थापाको भनाइ छ । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा स्थानीय मुस्लिम समुदायले सडकमा अवरोध गरेको उहाँको भनाइ छ । सम्झाई बुझाई गर्दा स्थानीयबासीले सुरक्षाकर्मीलाई हातपात गरी, प्रहरी गाडीको चाबी थुत्ने ढुङगामुढा गर्ने क्रममा सशस्त्र प्रहरी बलको तर्फबाट भीडलाई तितरबितर गर्ने क्रममा हवाई फायर गर्दा आलमलाई गोली लागेको प्रहरी थापाले बताउँनुभयो ।

छलफलमा पीडित पक्षले १० बुँदे माग राखेका छन् । छलफलमा स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, १० लाख रुपैयाँ राहत दिनुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने, सशस्त्र र नेपाल प्रहरीका दुवै प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने, प्रहरीको ज्यादती बन्द गर्नुपर्ने लगायतका माग राखेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो ।
मृतक आलम लेबर काम गर्ने निर्माण मजदुर हुन् । बुधबार साँझ घटना भएको दिन उनी सुरुङ्गाबाट काम गरेर घर फर्किदै गरेका थिए ।

घर छेउ आइपुगेपछि उनी साइकल रोकेर रमिता हेर्दै थिए । प्रदर्शनकारी नभएर दर्शक बनेर घटना हेरिरहेका ब्यक्तिलाई गोली लागेको नेकपाका स्थानीय नेता रुद्र बजगाईले बताउँनुभयो । प्रदर्शनमा सहभागी नभएका आलमलाई गोली लागेको मुस्लिम सङ्गठन झापाका सचिव साजेमान शेखले समेत दावी गर्नुभयो । मृतक आलमका श्रीमती , दुई छोरा र तीन छोरी रहेका छन् ।