उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित

0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा ३ सय ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।