देशभर आज थप एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १८० को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।

आज थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २० हजार ७३ उपचारपछि निको भएको गौतमले बताए । नेपालमा हालसम्म १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।