कुलमानलाई सरकारले नभई सामाजिक सञ्जालले नियुक्ति दियो : प्रवक्ता खतिवडा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले नभई सामाजिक सञ्जालले नियुक्ति दिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जनाएका छन् ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा आएको प्रश्नप्रति जवाफ दिदैँ खतिवडाले घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति बताएका हुन् । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले भने , ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’