कोरोनापछि मुर्तीको अनुसन्धान


मोतीराम तिमल्सिना, काभ्रे । 

धुलिखेल नगरपालिका वडा न ३ स्थित बतासे डाडामा केही हप्ता आगाडी स्थानीय युवाहरुले प्रतिस्थापन गरिएको पौराणिक किराँतकालिन मुर्ति हुन सक्ने अनुमान पुरातत्वबिदहरुले गरेका छन् । मुर्तिका सम्वन्धमा कोरोनाको महामारी पछि थप अध्ययन अनुसन्धान गरिने धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।

सडक निर्माणको क्रममा पनौती रोशी खोलाबाट ढुङ्गा ल्याउदा ढुङ्गा संगै उक्त मुर्ति धुलिखेल ३ आईपुगेको थियो । स्थानीय उपभोक्ता समितिका युवाहरुले सोही बाटो बनाउने क्रममामा सोही स्थानमा मुर्ति प्रतिस्थापन गरेका थिए । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जुलाई उक्त मुर्तिका बारेमा स्थानीय उपभोक्ता समिति र युवाहरुले जानकारी गराएका छन् । नगर प्रमुख ब्याञ्जुसँगको छलफल पछि मुर्तिको सुरक्षाका लागि स्थानीय युवाहरु सिबि तामाङ, सुरेन्द्र पराजुली, हिरा ब तामाङ, सुन्दर लामा, राम प्र नेपाल लगाएतका युवाहरुको उपस्थितिमा सकुशल निकाली धुलिखेल नगर पालिकालाई हस्तान्तरण गरेका छन् ।

ईतिहासका खोज तथा अनुसन्धान विश्लेषकहरुले उक्त मुर्ति नेपालका लागि ऐतिहासिक भएकाले यसको अध्ययन र अनुसन्धानमा पुरातत्व विभाग, स्थानीय सरकार र सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताएका छन् । मुर्तिसँगै पुराना मन्दिर तथा पार्टीहरुको संरक्षण गर्नु पर्ने आवाज उठिरहेको छ ।