प्रहरीको हिरासतमा रहेका दलित युवकको मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय गरुडा घेराउ

0
Shares

सञ्जय कार्की, रौतहट ।

हिरासतमा रहेका एक युबकको मृत्यु भएपछि स्थानीयबासिन्दाले निषेधाज्ञाको अबज्ञा गर्दै आन्दोलनमा उत्रेका छन ।

उनीहरुले प्रहरी ज्यादती बढेको भन्दै बिहीबार ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन । कोरोना भाईरसको महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी भदौ १४ गते सम्म निषेधाज्ञा जारी गरेको छ तर त्यसको अबज्ञा गर्दै प्रहरी हिरासतमा कुटपिट गर्ने दोषि प्रहरी लाई कारबाहीको माग राख्दै ठुलोसंख्याका स्थानीयबासिन्दा र दलित समुदाय आन्दोलित भएका छन ।

गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले घटनामा संलग्न लाई पक्राउ गर्ने क्रममा निर्दोष युबक लाई समेत पक्राउ गरेको भन्दै यसअघिदेखिनै दलित समुदाय बाट बिरोध हुदै आएको थियो । उनै निर्दोष भनिएका १९ वर्षीय विजय राम महराको प्रहरीको कुटपिट बाट मृत्यु भएको भन्दै दलित समुदाय, स्थानीयबासिन्दा र अधिकारकर्मीहरुले ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गर्दै नाराबाजी गरेका छन । घटनामा संलग्न रहेको स्वीकार गराउन बीजय राम महरा लाई प्रहरीले निर्घात कुटपिट गरेको र त्यसैको असर उनको उपचारको क्रममा मृत्यु भएको नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले दाबी गरेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले हिरासतमा लिईएका बिजय राम महराको दुबै मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको बताउनु भयो । उनी बिरामी भएपछि साउन ३ गते गरुडा स्थित अनामिका हस्पिटलमा र साउन ४ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा भर्ना गरिएको र उपचारको क्रममा उनको मृत्यु भएको उहाले बताउनु भयो । नीरञ्जन रामको हत्या भएको भोलिपल्ट ईलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा भोलिपल्ट गाउँकै १९ वर्षीय विजय राम महरा सहित ७ जना लाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा मृत्यु भएका महराका बुवा पनिलाल महराले भने, ‘पक्रेको दिनदेखि छोरालाई भेट्न प्रहरीले दिएनन ।

अस्पताल भर्ना गरेको खबर पाएर जाँदा पनि भेटन नदिएको गुनासो उहाको रहेको छ । मृतक विजय राम महराको पत्नी र सात महिनाकी छोरी छन् ।